यूएईविरुद्ध नेपालको खराब सुरुआत,तेस्रो विकेट गुम्यो

काठमाडौं। काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुआत गरेको छ। यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। कुशल मल्ल शून्य रनमै आउट भएका हुन्।

यसअघि सोमपाल कामी मात्र २ रन बनाएर तथा कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए। नेपालले ३ विकेटको क्षतिमा ११ रन मात्र बनाएको थियाे।

 नेपालले २.१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ। नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरको चौथो बलमा मात्र एक रन जोडेर आउट भए ।

आशिफ सेखलाई साथ दिन आएका सोमपाल कामी पनि १.५ ओभरमा अकिफ राजाको बलमा वृत्य अरविन्दबाट क्याच आउट भए । उनले जम्मा २ रन बनाए।

त्यसपछि आएका कुशल मल्ल २.१ ओभरमा शून्य रनमै आउट भए। ओभरको पहिलो बल वाइड भएको थियो । उनी दोस्रो बलमा रन आउट भए ।

नेपालले तीन विकेट गुमाउँदा ११ रन मात्रै बनाएको थियो। अहिले आशिफसँग कप्तान रोहित क्रिजमा छन्।यसअघि यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।