देउराली सहकारीको ऋण नतिरी फरार ऋृणी विरुद्ध एक्सनमा सिआईबी,सहकारी द्वारा ऋणीहरुको नाम सार्वजनिक
काठमाडौं। उपत्यकाको मुटु मानिने ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रीय कार्यलय रहि काठमाडौं उपत्यकाको ३ ठाउँमा शाखा कार्यालय बिस्तार गरि सञ्चालन गर्दै आएको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले बचत कर्ताहरुको बचत रकम फिर्तागर्न नसक्नुको पछाडि ऋणीहरुको हात रहेको पाइएको छ।
देउराली सहकारीका अध्यक्ष काभ्रेका असाध्यै सोझा – सिधा रबिन्द्र चौलागाईंलाई विभिन्न प्रलोभनमा पारी डसीखान पल्केका जुकारुपी मिटरव्याजीहरुले नै सहकारी डुबाएको स्रोत बताँउछ।
हाल उक्त मिटरव्याजीको नाममा कालो धन्दा गर्दै आइरहेका ललितपुर जिल्लाका टोलेका साथै चोके अल्दाहारेहरुका नाईके एवम् गुण्डारुपी केही व्यक्तिहरुले सहकारीबाट ऋणलिई उल्टै सहकारीका सञ्चालकहरुका साथै अध्यक्ष रबिन्द्र चौलागाईंलाई धम्की दिनका साथै राजनितीक आडमा गुन्डागर्दी समेत गरेको बताइन्छ।
देउराली सहकारीका ऋणीहरुका फाईल नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले अनुसन्धान गर्नको लागि करिब एक महिना अगाडि झिकाइसकेको छ।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले ऋणीहरुको उक्त फाईल अध्यान गरेपछि झसङ्ग हुँदै ऋणीहरुलाई अनुसन्धानमा तानि आवश्यक कार्वाही गर्ने तयारी समेत गरेको स्राेतले बताउँछ।
यता देउराली बहुउद्देश्यीय सहकारीले ऋणीहरु हाम्रा एकाघरका सदस्य जस्तै भएकाले सहकारी संस्था तपाईंहरुले नै बचाँउनु पर्छ भन्दै संस्थाका ऋणीहरुलाई ऋण तिर्न आव्हान गरेको छ।
सहकारीले जारी गरको सुचना अनुसार देउराली बहुउद्देश्यीय सहकारी संस्थाका: ऋणी हरु निम्न छन ऋणीहरुको नामवली हेर्न तलको लिंक क्लिक गर्नुहोस।
तलका लिंकहरू क्लिक गर्नुहाेस् र ऋणीहरुको नामवली हेर्नुस्
लिंक क्लिक गर्नुहोस।-2 लिंक क्लिक-loan-1-1 लिंक क्लिक-loan-1