मुलुक संकटमाः ‘राष्ट्रसेवक’ भनिएका सरकारी कर्मचारीलाई परेन् फरक

नेपाल पटकपटक अप्ठेरो अवस्थाबाट ग्रुजिसकेको छ । महाभूकम्पदेखि लिएर विसं २०७६ सालमा आएको कोरोनाले मुलुक नै तहसनहस बनायो । पहिलोपटक विदेशबाट आएका एक जना नागरिकमा कोरोना संक्रमण देखियो । सरकारले कोरोनाबाट बचाउनका लागि भन्दै दुई पटक लकडाउन गर्यो । पहिलोपटकः २०७६ चैत ११ गतेदेखि लकडाउन भयो । दोस्रोपटकm २०७८ वैशाख १६ गतेदेखि लकडाउन गरियो ।
कतिपयको लागि लकडाउन छुट्टीझैं बन्यो । तर, अधिकांशलाई लकडाउनले रुवायो । बिहान कमाएर बेलुका खानेलाई साह्रै समस्या भएको थियो । यहाँ खान नपाएपछि अधिकांश रातारात हिँडेर घर पुगे । गाउँघरमा केही नभएकाहरुलाई कहाँ जाने र के खानेको अवस्था बन्यो । तर, त्यतिबेला पनि सरकारी कर्मचारीलाई कुनै फरक परेन् । उनीहरुलाई त छुट्टी मनाएझैं भयो ।
काम नै नगरीकन तलब पाइहाल्ने भएपछि अरु के चाहियो ? सरकारी कर्मचारीलाई सरकारले राष्ट्रसेवक कर्मचारीमा राखेको छ । तर, जनता र राष्ट्रलाई फाइदा हुने काम सरकारी कर्मचारीले गर्दैनन् । त्यतिबेला जनता साह्रै समस्या थिए । यद्यपि, सरकारी कर्मचारीबाट के सहयोग भयो ? कुनै कर्मचारीले सहयोगका लागि हात फैलाएनन् । न कुनै कर्मचारीले तलब लिँदिन भने ।
बसिबसि तलबभत्ता बुझे । यता, कर तिर्ने जनतालाई खान नपाएर महिनौं दिन लगाएर गाउँ गए । खान नपाएर कतिपयले आत्महत्या गर्ने कुरा पनि बाहिर आयो । जनताले तिरेकै कर र विदेशीले दिएको अनुदान, ऋणबाट सरकारले राहत बाँड्यो । तर, पहुँच नभएकोले पनि त्यतिबेला पनि राहत पाएनन् । भाडामा बस्ने, सिधासाधीले राहत पाएनन् । घरवाला र सरकारी कर्मचारीबीच राहतको लुँछाचुँडी चल्यो ।
राहतको नाममा आएको पैसामा समेत भ्रष्टाचार भयो । कोरोना खोप ल्याइयो । प्राथमिकतामा सरकारी कर्मचारी नै परे । सरकारी कर्मचारीले पहिले कोरोनाको खोप लगाए । सर्वसाधारण त्यहाँ पनि हेरेको हेर्यै । एउटा कोरोना खोप पाँच हजार रुपैयाँमा बिक्री गरिएको कुरासमेत सार्वजनिक भयो । २४ लाख कोरोना खोप हिनामिना भयो । कोरोनाको नाममा सरकारी कर्मचारीले लुट्नु लुटे ।
उनीहरुले देश र जनतालाई खोक्रो बनाए । देश एकदमै अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको थियो । तर, सरकारी कर्मचारीले एक दिनको तलब पनि छोडेनन् । खान नपाएकालाई पनि सहयोग गरेनन् । अनि यस्तालाई कुन मुखले राष्ट्रसेवक भन्ने ? लकडाउनको बेलामा टुँडिखेलमा भीड हुन्थ्यो । घरमा खाना नभएपछि बच्चादेखि बुढासम्म भात खानलाई टुँडिखेल जान्थें ।
दुई घण्टाको बाटो हिँडेर उनीहरु टुँडिखेल पुग्थें । विभिन्न संघसंस्था र व्यक्तिले त्यतिबेला भात खुवाएको थियो । स्थिति एकदमै नाजुक बनिसकेको थियो । कोठा भाडा तिर्न नसकेपछि निकालिएकाहरु मठमन्दिर र सडकमा सुत्थें । खान नपाएकै कारण कतिपय आफू त मरे, आफ्नो बालबच्चालाई समेत मारे । हिँडेर घर जाँदा गोडा सुन्निएको तस्बिरहरु सार्वजनिक भयो ।
दयालु व्यक्तिहरुले उनीहरुलाई खाना पकाएरसमेत खान दिए । जनता यस्तो हालमा थिए, तर सरकारी कर्मचारीबाट कुनै सहयोग भएन् । तास खेलेरै दिन कटाए । खान नसकेर टोकरीमा लगेर फँ्याके । यद्यपि, ती पीडामा परेका जनतातर्फ उनीहरुको आँखा गएन् । सर्वसाधारण भोकभोकै चौकी र ब्यारेकको अगाडिबाट हिँडे । तर, प्रहरी र सेनाले उनीहरुलाई देखेनन् ।
घर पुर्याइदिनु त टाढाको कुरा, एक छाक खानसमेत दिएनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला पनि ‘स्टन्टबाजी’ मै व्यस्त थिए । मिडियामा यी कुरा छ्याप्छ्याप्ती बाहिर आयो । ओली जनताको पीडामा मल्हम् लगाउनुको साटो मिडियातिरै खनिए । विसं २०७२ वैशाख १२ गते महाभूकम्प गयो । १४ जिल्लामा सबैभन्दा धेरै क्षति भयो । तर, सरकारी कर्मचारीको मन त्यतिबेला पनि जनताको लागि पग्लिएको थिएन् ।
बरु, आएको सहयोगमा भ्रष्टाचार भयो । जनताका लागि पठाइएका पाल, राहतका सामग्रीहरु सरकारी कर्मचारी घरतिर दौडाउथें । सरकारी कर्मचारीहरुको प्रवृत्ति कहिले पनि नबद्लिने भयो । केही दिनअघि मुलुकको पश्चिम भेगमा ठूलो भूकम्प गयो । एक सय बढीले भूकम्पमा परेर ज्यान गुमाए । जाजरकोट र रुकुम पश्चिमका घरहरु ध्वस्त भए । त्यसअघि बझाङमा भूकम्प गएको थियो ।
सर्वसाधारणको रुवाबासी चलेको छ । धेरैले धनजन गुमाएका छन् । उनीहरु खुल्ला आकाशमूनि रात काँट्न बाध्य छन् । तर, सरकारी कर्मचारीलाई प्रभाव परेको छैन् । सरकारी कर्मचारीहरुले अहिलेसम्म सहयोगका लागि हात फैलाएका छैनन् । जनता खान नपाएर भोकभोकै छन् तर सरकारी कर्मचारी अझैपनि मोजमस्ती गरिरहेका छन् । जनताको बिजोग भएको छ ।
यद्यपि, कुनै कर्मचारीले एक महिनाको तलबसमेत छाडेका छैनन् । विभिन्न राजनीतिक दलका सांसदहरुले १५ दिनको तलब दिने घोषणा गरेका छन् । जनताका अभिभावक भन्दै आएकाहरुले जागिर खाएका रहेछन् भन्ने त स्पष्ट भइसक्यो । महिना दिनको तलब दिन्छौं पनि भन्न सकेनन् । यस्तो अवस्थामा त तीन महिनाको तलब दिन्छौं भन्नुपर्थ्यो । वर्तमान सरकारका मन्त्रीहरुले अहिलेसम्म तलब नलिने घोषणा गरेका छैनन् ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तलब नलिने घोषणा गरेका छैनन् । उनले गरेको भए, अरुले पनि गर्थें । भूपू राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुखहरुबाट सहयोगको के अपेक्षा गर्नु ? काम नै नगरी राज्यको ढुकुटी दोहन गर्नेलाई जनता मरेपनि के मतलब ? अहिले अधिकांश प्रतिनिधिले भूकम्पपीडितको उद्धार गर्नुपर्छ, राहत वितरण गर्नुपर्छ भन्दै आएका छन् । नौटंकी देखाउने पनि हद हुन्छ नि । राहत कहाँबाट दिनुपर्छ भन्दा जनताले तिरेको करबाट ।
आफूचाँहि केही छोड्न नसक्ने अनि राहत दिनुपर्छ भन्दै भाषण ठोक्न यिनीहरुलाई लाज लाग्नुपर्दैन् ? सरकार जनताको अभिभावक हो । जनताको सुरक्षा सरकारको दायित्व हो । त्यो सरकारले गरी नै हाल्छ । सस्तो लोकप्रियता कमाउनका लागि छिटोभन्दा छिटो उद्धार गर्नुपर्छ । राहत वितरण गर्नुपर्छ भन्नेहरुले कहाँबाट राहत वितरण गर्ने पनि खुलाइदिए हुने । विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् । तर, सरकारका जनप्रतिनिधिहरुको दाँत कापिरहेको छ । पहिले पनि भूकम्प आउँदा धेरै भ्रष्टाचार भएको थियो ।
योचोटि पनि भ्रष्टाचार नहुने त कुरै भएन् । देशमा कुनै घटना घट्नुपर्छ, सरकारी कर्मचारीलाई कमाउने भाडो भइहाल्छ । सरकारी कर्मचारी देशका लागि ‘साप’ बनेका छन् । सर्वसाधारणहरु सरकारी कर्मचारीबाट आजित भइसकेका छन् । अहिले मुलुकमा आर्थिक मन्दी छ । जनता कर तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । मँहगी ह्वात्तै बढेको छ । बेरोजगारको संख्या दिनदिनै उकालो लाग्दै गएको छ ।
यसअघि महाभूकम्प जाँदा सरकारले भत्किएका घर बनाउन प्रति घर तीन लाख रुपैयाँ दिएको थियो । तातो कपडाका लागि १० हजार र मृतक व्यक्तिको नाममा दुई लाख रुपैयाँ दियो । २०७२ सालपछि बजारमा मँहगी बढेको छ । कर्मचारीहरुको तलब पनि बढेको छ । सरकारले घर बनाउन पाँच लाख दिनैपर्छ । मृतक व्यक्तिको नाममा तीन लाख र न्यानो कपडाका लागि २० हजार दिनैपर्छ ।
सरकारले जहाँबाट ल्याएर भएपनि दिनुपर्छ । सरकारको ढुकुटीमा पैसा छैन् । विदेशीले अनुदान दिँदैन् । एक जना नेपालीको टाउकोमा झण्डै ८६ हजार विदेशी ऋण पुगिसक्यो । अब सरकारले के गर्ने ? न सरकारले पेन्सन कटौती गर्छ न भत्ता । आम्दानीको स्रोत शून्य छ । विदेशीबाट ल्याएको ऋणको किस्ता तिर्नैपर्यो । तलबभत्ता पनि महिनैपिच्छे खातामा हालिदिनैपर्यो ।
सरकारले ‘स्ट्याण्ड’ लिन सकेन् भने गम्भीर अवस्था सिर्जना हुने निश्चित छ । सांसद, स्थानीय जनप्रतिनिधिहरुको तलब कटौती गरिदिने बेला भएको छ । पेन्सन सिस्टमले पनि राज्यलाई ठूलो आर्थिक भार दिइरहेको छ । यसमा पनि सरकारको ध्यान जान जरुरी छ । आम्दानीभन्दा धेरै सरकारको खर्च छ । अनि कसरी देश चल्छ ? भूकम्पपीडितलाई संघ र प्रदेशले पठाएको राहत जनताले तिरेको कर हो । कसैले आफ्नो खल्तीबाट पठाएका होइनन् । त्यसैले जनतामा भ्रम छोड्न नखोजौं ।
अनुसा थापा
भक्तपुर