घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ।

बुधबारका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० र चाँदीको मूल्य तोलामा १ हजार ३८५ रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १५ हजार, तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको थियो।