काठमाडौं महानगरले माग्यो विभिन्न पदमा करार ३२ कर्मचारी

काठमाडौं। काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । फुड टेक्नोलोजिस्ट, मेडिकल अधिकृत लगायत विभिन्न पदमा गरी ३२ जनाका लागि करारमा आवेदन माग गरेको हो।

योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने महानगरद्धारा जारी सूचनामा उल्लेख छ।