टिकटक बन्दविरूद्ध सर्वोच्चमा परेका १० रिटकाे आजबाट सुनुवाइ
काठमाडौं । नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुने भएको छ। मन्त्रिपरिषद्को कार्तिक २७ गतेको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयविरूद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए। आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन्।
सबै रिटमाथि एकसाथ सुनुवाइ हुनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी पर्शुराम पाण्डेसहित १० जनाले रिट दायर गरेका छन्।