काठमाडौंमा टिकटकरले गरे प्रदर्शन
काठमाडौं । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन्।
टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने माग गर्दै उनीहरूले सरकारको विरोधमा विभिन्न नारासहित प्रदर्शन गरेका हुन्।
जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे,टिकटक प्रतिबन्ध खारेज गर,सर्वोच्च अदालत कहाँ छ?लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन्।
आज (सोमबार) नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ हुँदैछ। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट दायर गरिएका छन्। सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो।