यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

सांकेतिक तस्वीर

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सवस्टेसन मर्मत गर्नका लागि काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने छ। प्राधिकरणले जारी गरेको सूचनाका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

विद्युत आपूर्ति बन्द हुने स्थानहरुमा कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा सूचनामा उल्लेख छ।