भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद
काठमाडौं। पूर्वी नवलपरासीमा लुकाएर राखिएको ५४ बोरा चिनी बरामद भएको छ। शुक्रबार बेलुका साढे ८ बजे बर्दघाट नगरपालिका-१५ नौडिहवास्थित धर्म न्यौपानको कोही नबस्ने घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ५० किलोका ५४ बोरा चिनी बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको जानकारी दिए।
बरामद चिनी भन्सार कार्यालय पठाउने तयारी भइरहेको इन्स्पेक्टर पन्थीले जानकारी दिए।