राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते हुने
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसमा हुने भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो।
मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ।
यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने आयोगले जनाएको छ। राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ।
हेर्नुहोस् विज्ञप्ति