उपत्यकाका मसाज सेन्टरले बालबालिकाको प्रयोग गरी अबैध यौनधन्दा चलाउँदै

काठमाडौं ।विगत लामो समयको खोजपछि स्पा र मसाज सेन्टरहरूको नाममा बालबालिको प्रयोग गरि यौन धन्दा सञ्चालन गरेको पाइएकाे छ। 

काठमाडौं उपत्यकामा च्याउसरी खुलेका स्पा सेन्टरहरूले बालबालिका प्रयोग गरेर यौन अखडा बनाएको समाचार पटक-पटक प्रकाशित हुँदा समेत नियमनकारी निकायले कुनै पनि चासो देखाएको देखिदैन। स्पा र मासाज सेन्टरमा यौन अखडा बन्दै भन्ने समाचार प्रकाशित गरेपछि स्पा सञ्चालकले समाचार लेख्ने पत्रकारमाथि ज्यान मार्ने सम्मको धम्की दिदासम्म पनि नियमनकारी निकायले कुनै चासाे देखाएकाे देखिएन्।

बेलैमा नियमनकारी निकायले विभिन्न सञ्चारमाध्यममा समाचार आउँदा समेत कुनै चासो नदेखाउदा स्पा संञ्चालकहरूको मनबल बढेर बालबालिकालाइ यौन धन्दामा लगाएको थप स्पष्ट हुँदै गएकाे देख्न सकिन्छ। केही समय अगाडी भीआईपी स्पा एण्ड हेल्थ क्लवले स्पाकाे नाममा खुलेयाम यौनजन्य गतिविधि गर्दै आएको विषयमा समाचार लेख्ने पत्रकारलाइ धम्की दिने सम्मका गतिविधि गरिएका थिए।

त्यस्तै मसाज सेन्टरहरूले बालबालिकाको प्रयोग गरेर यौनजन्य गतिविधि गरिरहेको समाचार प्रकाशित गरेपछि काठमाडौंको बौद्ध ,बाहुनधारामा सञ्चालित भीआईपी स्पा एण्ड हेल्थ क्लवका संञ्चालक बताउने मनिस अवालेको कालाकर्तुतबारे छरपस्ट पार्दा समेत नियमनकारी निकायले कुनै चासो देखाएनन्। यसरी बालबालिकाकाे प्रयाेग हुँदा पनि कुनै कारबाही नहुनुले प्रहरी प्रशानकाे पनि मिलेमाेताे भएकाे अनुमान गर्न सकिन्छ। 

त्यस्तै उपत्यकाको विभिन्न ठाउँमा स्पा र मसाजको नाममा कलिला किशोरीहरु प्रयोग गरि राजनिती,शक्ति र सत्ताको आडमा यौनजन्य गतिविधिले गर्दै आएको भेटिएको छ। यस्तो गर्दा समेत नियमनकारी निकाय टुलुटुलु हेरेर बस्नु त्यति सैह हुने विषय पक्कै होइन र हुनु हुँदैन।

यसैगरी विगतमा स्पा र मसाजको नाममा खुलेयाम गरेका यौनजन्य गतिविधिका विषयमा समाचार प्रकाशित गर्दा कुनै पनि निकायले चासो नदेखाए पनि अहिले आएर यौनजन्य गतिविधि हुने गरेको पुष्टि भएको छ। केही दिन अगाडि मात्र काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा सञ्चालित नुवाकोट स्पा एन्ड ट्रेनिङ सेन्टर र रातोपुलस्थित नुवाकोट स्पा एन्ड ब्युटी पार्लरको आवरणमा भएको ‘यौनधन्दा’ले यो विषय अहिले पुष्टि भएको छ।

मसाज र स्पा सेन्टरको नाममा दिनहुँ जस्तो काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यौनधन्दा संञ्चालन हुँदै आएका छन्। मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा मारेपनि त्यसको कुनै परिमाण अहिलेसम्म निकाल्न सकेको देखिदैन। उल्टै प्रहरीको मिलेमोतोमा स्पा र मसाज सेन्टरहरू सञ्चालन भइरहेको आरोप लाग्ने गरेको छ।

भीआईपी स्पा एण्ड हेल्थ क्लवका सञ्चालक मसाजको नाममा अबैध यौनधन्दा चलाउँदै,दर्ता नगरी अबैध कमाउ धन्दामा