३७ लाख बढीको धनमाल चोरी गर्ने युवक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। प्रहरीले काठमाडौंको जडिबुटीबाट चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोक तिमाल ७ स्थायी घर भई हाल पेप्सीकोला बस्ने २० वर्षीय विक्रम नेपालीलाई पक्राउ गरेको हो।

नेपालीले गत कार्तिक २४ गते दिउँसो भक्तपुुरको मध्यपुर ठिमी नगरपालिका-२ स्थित युवराज अधिकारीको घरबाट सुन, हिराका गरगहना,मोबाइल र नगदसहित अन्दाजी ३७ लाख २७ हजार बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।

नेपालीले चोरी गरेका सुन र गरगहना बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत ठिमी पठाइएको प्रहरीले जनाएको छ।