बैंकहरू नै सबैभन्दा ठूला मिटरब्याजी : नेता कोइराला

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आजकाल सबैभन्दा ठूला मिटरब्याजी नै बैंकहरू भएको आरोप लगाएका छन् । आफूले त्यसो भन्दा बैंकर्सहरू आफूसँग रिसाउने गरेको पनि बताए ।

शनिबार चितवन–काठमाडौं प्रजातान्त्रिक संगमको १२औं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘मैले त भन्ने गरेको छ आजकाल, सबैभन्दा ठूलो मिटरब्याजी त ब्यांकर्सहरू नै भए भन्छु म, बैंकहरू भए भनेर त बोलिरहेकै छु म। हो होइन मलाई थाहा छैन। तर मैले भन्ने गरेको छु।

उनले देशको आर्थिक कुरा गर्दा सबै चिज अप्ठ्यारोमा भएको तर बैंकहरू भने फस्टाइरहेको र बोनसहरू बाँडिरहेको बताए। उनको प्रश्न थियो, ‘कसरी हुन्छ यो?

सरकारले कृषिको निम्ति ५ प्रतिशत ब्याजमा ऋण लिन पाइने भनेको भए पनि सबैलाई नदिने गरेकोमा कोइरालाले असन्तुष्टि जनाए।