सरकारको आम्दानीभन्दा खर्च बढी
काठमाडौं। बजेट कार्यान्वयनको स्थितिमा यो वर्ष पनि संघीय सरकार घाटामा देखिएको छ। चालु आर्थिक वर्षको मङ्सिर मसान्त अर्थात् ५ महिना सकिन लाग्दा सरकारले जम्मा ३ खर्ब ५९ अर्ब २० करोड ६० लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ।
तर, यता खर्चतर्फ यसै अवधिमा सरकारले ४ खर्ब ३८ अर्ब २६ करोड ३२ लाख रुपैयाँ खर्च गरिसकेको छ। यद्यपी यो पनि सन्तोषजनक खर्च भने होइन।
आर्थिक वर्षको मङ्सिर २५ गतेसम्म २५ प्रतिशत बजेट खर्च गरेको सरकारले राजस्व सङ्कलनको हिसाबले ७९ अर्ब ५ करोड ७२ लाख रुपैयाँ बजेट घाटा बेहोरेको छ।