डिलाइट सहकारीसहित यी १५ सहकारी कालोसूचीमा

काठमाडौं । ललितपुरको जाउलाखेलमा केन्द्रीय कार्यालय रहेकाे डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक आशिष तामाङ, रुपेश सुवाल र सविता श्रेष्ठले सहकारीको रकम व्यापक अपचलन गरि बचतकर्ताहरुलाई रकम फिर्ता गर्न नसकेपछि अहिले कालो सुचिमा परेकाे छ।

सहकारीको रकम अपचलनगरी हाल आशिष तामाङ, रुपेश सुवाल र सविता श्रेष्ठले कार्यलयनै बन्द गरी बचतकर्ताहरुको सम्पर्क बाहिर रहेको सो सहकारीका बचतकर्ता जिनीहिरा तुलाधरले बताएकी छिन्। चालु आर्थिक वर्षको मंसिरमा १५ मा सहकारी कालोसूचीमा परेकाे सूचना प्रकाशित भएकाे छ।

समयमा बचत कर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा परेका उक्त सहकारीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो। केन्द्रका अनुसार कालोसूचीमा परेका सहकारीका अधिकांश बचत तथा ऋण सहकारी रहेका छन् भने केही बहुउद्देश्यीय सहकारी पनि परेका छन्।

कालोसूचीमा परेको देव साझेदारी बचत तथा ऋण सहकारीका सञ्चालकमा दिपेन्द्र कुमार राई रहेका छन्। त्यस्तै, तारा बचत तथा ऋण सहकारीका सञ्चालकमा भरत प्रसाद दाहाल, घनश्याम नेपाल, माल्लिका भण्डारी, राजन प्रसाद मैनाली, शंकर नाथ उप्रती र याकु राज उप्रेती रहेका छन्।

त्यसैगरी, वेवट्रन सेभिङ एण्ड क्रेडिट को अपरेटिभमा अनिल महर्जन, दिनेश श्रेष्ठ, केशव महर्जन, राहुल शाक्य, राजु कर्माचार्य, सबला महर्जन रहेका छन् भने हरियाली बचत तथा ऋण सहकारीका सञ्चालकमा इच्छा देशार, नारायण देशार र सरस्वती देशार रहेका छन्।

केन्द्रका अनुसार नेपालोदय बहुउद्देश्यीय को अपरेटिभका सञ्चालकमा सुमित्रा बुढा गुरुङ, टक बहादुर गुरुङ र थमान सिंह तामाङ रहेका छन्। कास्यप बचत तथा ऋण सहकारीमा महेन्द्र राज दाहाल नागेन्द्र प्रसाद सुवेदी र सितादेवि सुवेदी रहेका छन्। गरुण बचत तथा ऋण सहकारीका सञ्चालकमा अनु भण्डारी र बासुदेव खड्का रहेका छन्।

डेरिभेटिभ सेभिङ एण्ड क्रेडिटका सञ्चालकमा अन्जना रार मन प्रसाद राई रहेका छन् भने ग्लोबल बहुउद्देश्यीय सहकारीका सञ्चालकमा भोला प्रसाद यादव, लिला कुमारी ठाकुर र सविता कुमारी यादव रहेका छन्।

त्यस्तै मधुवन सेभिङ क्रेडिटका सञ्चालकमा विक्रम महर्जन, प्रभा भण्डारी महर्जन र सिद्धार्थ सहकारी अजय श्रेष्ठ विद्या भण्डारी थापा, सन्तोष श्रेष्ठ रहेका छन्।

नेपाल मोडल मल्टीप्रपोज सहकारीका सञ्चालकमा दिपक भण्डारी, मोहन बहादुर श्रेष्ठ, रन्जिता श्रेष्ठ र रवि कार्की रहेका छन्। महन बचत तता ऋण सहकारीका सञ्चालकमा दिपेश दाहाल र सुदर्शन केसी रहेका छन् भने इनर्जी सेभिङ एण्ड क्रेडिटमा खेम राज खड्का, सुर्य राजभण्डारी जोशी र सूर्य बहादुर श्रेष्ठ रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ।