चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्ने
काठमााडौं। नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को अनलाईन आवेदन पुस २ गतेदेखि खुला हुने जानकारी दिएका छ।
२०८० पुस २ देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्क सहित अनलाइनमार्फत फाराम बुझाउन सकिने काउन्सिलले बताएको छ।
अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने र परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ। परीक्षा समितिले जानकारी दिएको छ।