यूएईबाट आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ।

बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिए।

नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ। घटनाको प्रकृति हेर्दा ‘मिसक्यारेज’ भएको जस्तो देखिएको र सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन्। उनलाई अस्पताल पठाइएको बताइएको छ।