चितवनमा कार दुर्घटना, १ जनाको मृत्यु

चितवन। चितवनमा भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

जिल्लाको कालिका नगरपालिका–१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते चालक २५ वर्षी्रय बिष्णु क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।