घुस लिएका सहकारी पूर्व रजिस्टार पराजुली पक्राउ पुर्जी जारी भएपछि फरार
काठमाडौं। पोखरा-९ नयाँ बजारमास्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गण्डकीका पुर्वसहकारी रजिस्टार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
पक्राउ पुर्जी जारी गरेपछि पूर्व रजिस्टार उदयबहादुर पराजुली फरार भएका छन्। उनी हाल कुस्मा नगरपालिकाकाका प्रमुख प्रशासकीय हुन्। दुई वर्षअघि गण्डकीका रजिस्टार रहेका थिए।
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले प्रहरीमा पराजुलीले घर लिएको बयान दिएका थिए।
उनीहरुकै बयानका आधारमा पूर्व रजिस्टार पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
पौडेल र अधिकारी बैंकिङ कसुरमा पक्राउ परेका थिए। उनीहरुमाथि सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपसमेत लागेको छ।