विश्व सर्वहारा वर्गका नेता माओको १३१ औं जन्म दिवसमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ग-यो श्रद्धासुमन व्यक्त

काठमाडौं। आज विश्व सर्वहारा वर्गका महान् नेता तथा माओवादका प्रवर्तक कमरेड माओ त्स्तुङको १३१ औं जन्म दिवस। आज विश्वभरका सामन्तवाद र साम्राज्यवादद्वारा उत्पीडित राष्ट्र जनता तथा क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र आम जनसमुदायले कमरेड माओको १३१ आौं जन्म दिवस भव्यताका मनाउन गइरहेका छन्।

यस ऐतिहासिक अवस्थामा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कमरेड माओप्रति उच्च सम्मान गर्दै हार्दिक श्र श्रध्दान्जली अर्पण गर्दछ।

विश्व साम्राज्यवादले विश्वका विभिन्न देशहरुमा आफ्ना दलालहरु तयार पार्ने उत्पीडित राष्ट्र र जनसमुदाय भिषण दमन गर्न उक्साउने,राष्ट्रिय स्वाधीनतामाथि हमला गर्दै आइरहेको आज वस्तुगत अवस्थामा कमरेड माओको यस १३१ औं जन्म जयन्तीको ऐतिहासिक अवसर पारेर संसारभर क्रियाशील क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र आम विश्व जनसमुदायले साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माणको पहल गर्न र संयुक्त रुपमा विश्व साम्राज्यवादका विरुद्ध लड्न हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक अनुरोध तथा आग्रह गर्दछ।

अन्त्यमा कमरेड माओको महान् दार्शनिक सिध्दान्त माओवाद र उहाँले मार्क्सवादका तीन संघटक अंग दर्शन,राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमाथि गर्नुभएको विकास र प्रयोगबाट शिक्षा लिदै मालेमावादको प्रयोग,विकास र संरक्षण गर्ने आँट प्रतिबध्दता जाहेर गरेर मात्र कमरेड माओको १३१ औं जन्म जयन्ती मनाउनु र सच्चा श्रध्दान्जली अर्पण गरेको ठहर्नेछ।