माओका जीवन संघर्षलाइ वास्तविक जीवनमा क्रान्तिकारी कम्युनिष्टले लागु गरौं
-शिलु न्याैपाने
चिनियाँ क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता माओको जन्म १८९३ मा भएको थियो। उनि एक क्रान्तिकारी,राजनैतिक विचारक र साम्यवादी दलका नेता थिए,जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो। माओ प्रखर अध्येता र दार्शनिक नेता थिए। गहन अध्यानमा समय खर्च गर्ने गर्दथे।
मार्क्सवादी,लेनिनवादी,विचारधारालाइ सैनिक रणनीतिमा जोडेर उनको सिद्धान्तलाइ माओवादको नामले चिनिन्छ। विश्वको मानचित्रमा ठूला भूमि ओगटेको र विशाल जनसंख्या भएको चीनमा विभिन्न कालखण्डमा सम्राज्यवादी देशहरुको चलखेलको भूमिको रुपमा मात्र प्रयोग हुदै झनै विकराल परिस्थितिको सामना चिनले गर्नु परेको थियो।
गृहयुद्ध र जापानी आक्रमणबाट जरजर बनेको चीनको अर्थतन्त्र भोकमरी,बेरोजगारी आन्तरिक बसाइसराइ,रोगव्याधि,प्राकृतिक प्रकोपले थिलथिलो बनेको चीनले अत्यन्त विकराल परिस्थितिको सामना गरेपनि माओकै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो।
उनको प्रमुख सिद्धान्तहरुमा अन्तरविरोध निरन्तरताबारेको सिद्धान्त जनयुद्धको संयुक्त मोर्चा सम्बन्धी सिद्धान्त,महान सर्वहारा सांस्कृतिक क्रान्तिको विचार,नौलो जनवादको अवधारण,दीर्धकालीन जनयुद्ध छन्।
प्रगतिशील भूमिसुधार,सहकारी आन्दोलन,महान फडको,जनकम्युन संचालन गर्दै समाजवादी क्रान्ति र समाजवाद निर्माणको कार्यलाइ अगाडि बढाउँन आफ्ना जीवनकालमा उहाँ सफल हुनु भएको थियो।
मे १९२७ मा आयोजना भएको चिनियाँ कम्युनिष्ट पार्टीको पाँंचौं राष्ट्रिय महाधिवेशनमा माओले जमिनदारहरुविरुद्ध वर्ग संधर्ष संचालन गर्न किसानलाइ सशक्त रुपमा आन्दोलित पार्नुपर्ने भयो। उहाँले जनमुक्ति सेना र मिलिसियालाइ उत्पादनमुखी काममा र श्रम दानमा लगाउनुभयो।
कृषि उत्पादनलाइ प्राथमिकतामा राखेर जमिनलाइ सरकारीकरण र चक्लाबन्दी गरेर कम्युन मार्फत सामूहिक खेती गरी जनताको आवश्यकता पूरा गर्न सरकारका सबै शक्ति प्रयोग गरेका थिए।
माओले अर्ध सामन्ती र अर्ध औपनिवेशिक मुलुक गरिने क्रान्तिको रणनीति र कार्यनीति निर्क्योल गरेि माओले चिनियाँ समाजको वर्ग विश्लेषण, ग्रामीण वर्गसंधर्षको सिद्धान्त,माक्र्सवाद,लेनिनवादलाइ सिर्जनात्मक रुपले चिनियाँ क्रान्तिमा प्रयोगको सन्दर्भमा युगान्तकारी सफलता हातपारे।
लालसेनाको निमार्ण, छापामार युद्ध,गाउँ देखि शहर घेर्ने दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन गरे। पार्टी,सेना र संयुक्त राजनीतिक मोर्चालाइ क्रान्तिकारी तीन जादुगरी हतियार भनेर संलेषण गरे। माओले क्रान्ति बन्दुको नालबाट निश्कन्छ भन्ने निष्कर्ष सहित चिनिया नयाँं जनवादी क्रान्तिको नेतृत्व गरे।
मजदुर,किसान एकतामा आधारित क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिष्ट पार्टीले गर्नु पर्दछ भन्दै उहाकै नेतृत्वमा नयाँं जनवादी क्रान्ति सम्पन्न भयो।
अन्त्यमा नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप रोकिने सम्भावना नदेखिए संगै अन्तराष्ट्रिय शक्ति केन्द्रको विभिन्न सहयोगको नाममा हुने चलखेलको उर्वर सम्भावना बोकेको भूमिको रुपमा प्रयोग हुने मुख्य कारण भनेकै हाम्रो परनिर्भरता हो। हाम्रो दाइत्व भनेकै सुरुमा जनताको माझमा पुग्ने,रम्ने पहिले जन-पार्टीको निर्माणमा ध्यान दिनु हो।
विकाश निर्माणका हरेक पक्षमा आत्मानिर्भता बढाउनु टडकारो आवश्यकता सहित अव कम्युनिष्ट पार्टी जनताको हितसंग जोडिदै जनताको आशा,विश्वास र भरोसाको पार्टी बनाउने जिम्मा हाम्रो काधमा आएको भन्ने भाव वृद्घि गर्दै भ्रष्ट,दलाल,माफिया,कमिसन खोरी,भागबन्डा रमाउने मिलेरावादीहरुको जरो पहिचान गर्दै सखाप नपारे सर्वहारा वर्गको अधिनायक स्थापना नहुने हुदा, जनताको सेवा, विकास निर्माणमा प्रत्यक जनतालाइ सहभागिता गराउदै स्वाभिमान,सार्वभौम सहित सम्वद्ध राष्ट्र नेपाल बनाउनु हामी सवैको पहिलाे दाइत्व हो।
देश र जनताको हितलाइ निसर्त सर्वेपरि स्थान दिने पार्टी निर्माण गर्ने संगै जनताको दुख-सुखमा साथ दिने,कम्युनिष्टहरुको पहिलाे र अनिवार्य सर्त हो।