पाँच महिनामा मात्र ६ अर्ब बढीको आलु र प्याज आयात
काठमाडौं। पाँच महिनामा ६ अर्ब रुपैयाँको २० लाख क्विन्टल आलु र प्याज आयात भएको छ। आलु आर्थिक वर्षको पाँच महिनामा सरकारले २० लाख ८९ हजार क्विन्टल आलु र प्याज आयात भएको भन्सार विभागले उल्लेख गरेको छ।
आलु र प्याजमा ५ महिनामा ६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ। आलु र प्याज आयात गर्दा सरकारले १ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
चीन, भारत, इन्डोनेसियाबाट४ लाख ६३ हजार क्विन्टल प्याज आयात भएको भन्सार विभागले उल्लेख गरेको छ। ४ लाख ६३ हजार क्विन्टल प्याज आयात हुँदा १ अर्ब ९४ करोड रुपैयाँको बाहिरिएको छ।
यस्तै, पाँच महिनामा १६ लाख २५ हजार क्विन्टल आलु आयात भएको छ। सो वापत् ४ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। भारतबाट र इण्डोनेसियबाट आलु आयात भएको हो।