सिरहाबाट जारी भएका ६ नक्कली नागरिकता रद्द
काठमाडौं। सरकरले सिराहा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ६ वटा नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन्।
झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताका प्रमाणपत्र रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय भएको छ’, मन्त्री शर्माले भनिन्।