पेट्रोलियम पदार्थको मूल्य यथावत् (सूचनासहित)
काठमाडौं। नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो।
इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु ०.१२ ले घटेर आएको छ। त्यस्तै एल.पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु ०.२० ले घटेर आएको छ। निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु. ३००.४१ नोक्सानी रहेको छ।
पेट्रोलियम पदार्थको हकमा निगमको डिपो र कार्यालयदेखि १५ किलोमिटर तथा एल.पी. ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको छ।