मन्त्रीलाई बचाउन बल प्रयोग गरियो आइजीपी कुँवरको दाबी

फाइल तस्वीर

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको ज्यान जोगाउन बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बचाउने क्रममा बल प्रयोग गरिएको बताएका हुन्। साथै उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने बताए।

‘उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ। बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन्। मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो,’ उनले भने।

फिल्डमा खटिएका प्रहरीले ठिक गरे वा नगरेको भन्ने प्रश्नमा उनले अनुसन्धानबाट स्पष्ट हुने बताए । ‘उहाँहरू ९प्रदर्शनकारी० १३ गते बिहान बिनालिडर उत्रनुभयो।

साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग ग¥यो । ११.५२ मा मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि तितरबितर भएको भीडले मन्त्रीको गाडी जलायो,उनले भने, ‘त्यस बेला पीएसओले अवस्थाको बारेमा जानकारी लिएन । त्यहाँ सामान्य विवाद मन्त्रीसँग भयो।

महानिरीक्षक कुँवरले मन्त्रीमाथि हातपात हुने देखिएपछि उनलाई पीएसओले सुरक्षित स्थानमा पु¥याएको जानकारी दिए। ‘तीन हजार युवा कसैको कमान्डबिना आएका थिए’, उनले भने।

शुक्रबार कोरिया जानका लागि सिप बिल्डिङ क्षेत्रमा परीक्षा दिएर असफल भएकाहरुले गरेको प्रदर्शनका क्रममा बालकुमारीमा भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको थियो। सो क्रममा आक्रोशित युवाहरुले मन्त्री र उनका पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगजनी गरेका थिए।