राष्ट्रियसभा सदस्यका लागि सिटौलाद्वारा उम्मेदवारी दर्ता
काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार बिहान विराटनगर पुगेर उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन्।
सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र हिमाल कार्की समर्थक बसेका छन्। आगामी माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ। त्यसका लागि निर्वाचन आयोगले आज उम्मेदवारको मनोनयन दर्ता गर्दैछ।