भारतीय दूताबासले आफूखुशी २० करोड बाँड्न पाउने सम्झौता तत्काल खारेज गर्नुपर्छ: नेता गजुरेल
काठमाडौं । भारतीय दूतावासले नेपालमा २० करोडसम्मका परियोजना आफूखुसी बाँड्न सक्ने भनी गरिएको सम्झौताका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध गरेको छ। आज काठमाडौंको कलंकीमा सम्झौता खारेजीको माग गर्दै विरोध तथा कोणसभा गरेर विरोध गरिएको थियाे।
काठमाडौंको कलंकी चोकमा आयोजना गरेको कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता हरिकृष्ण गजुरेलले देशको स्वाधीनता र सार्वभौमिकतालाई नै दाउमा राख्ने काम गरेको आरोप लगाएका छन्।
भारतीय विस्तारवादले नेपालमा आफूखुशी २० करोडसम्मका परियोजना बाँड्नु भनेको नेपालमा आफ्नै सरकार चलाउनु जस्तै भएको भन्दै यो राष्ट्रघाती सम्झौतालाई तत्काल खारेज गर्न नेता गजुरेलले माग गरेका छन्।
उहाँले संसदीय व्यवस्थाका नालायकी र फासिवादी चरित्रका कारण रोजगारी माग्दा दुई युवाहरुलाई गोली हानी हत्या गरेको भन्दै अब दलाल संसदीय व्यवस्थाका विरुद्ध सम्पूर्ण देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरु एकजुट भएर संघर्षमा उत्रनुपर्ने बेला आएको नेता गजुरेलले बताए।
त्यस्तै अन्तिममा नेता गजुरेलले यो राष्ट्रघाती, भ्रष्ट र नालायक दलाल संसदीय व्यवस्थाको अत्य गर्न अब संघर्ष गर्नुको विकल्प नरहेको भन्दै आम शोषित उत्पीडित जनतालाई संघर्षमा उत्रन अपिल समेत गरेका थिए।