दाङको भालुबाङमा यात्रु बस राप्ती नदीमा खस्यो

दाङ । दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ। सुरक्षाकर्मीले दुर्घटनामा परेका कम्तिमा १२ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाएका छन् । 

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो । बसमा ३२ जना यात्रु सवार थिए।

स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन्। घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी रहेको ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रमुख हरिबहादुर रोकायले जानकारी दिए।