१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

वडा अध्यक्ष वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पाएपछि अख्तियारको टोलीले पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले विज्ञप्तिमा बताएका छन्।

वादेका चालकलाई पनि नियन्त्रणमा लिएको छ। उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन्। दुबै जनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। वादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।