नेप्से ३० अंकले घट्यो,कारोबार रकममा पनि गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ।
आज नेप्से ३०.९२ अंकले घटेर दुई हजार ६७ दशमलव ०१ विन्दुमा बन्द भएको हो। आज कारोबार रकम पनि घटेको छ।
आज ४ अर्ब १८ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज कारोबार भएका कम्पनीमध्ये १८ वटाको बढेको छ भने २२७ वटा कम्पनीको शेयरमूल्य घटेको छ।
बाँकी १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये समाज लघुवित्त वित्रीय संस्था लिमिटेडको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ५८२.९० रुपैयाँ पुगेको छ।
त्यस्तै, सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९।४२ प्रतिशतले घटेको छ।
आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ५४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।