टिआरसी विधेयकलाई बहुमतले टुंग्याउनुपर्छ: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल भएको छ।

छलफलपछि बाहिरिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छलफल भएको बताए। पत्रकारहरुसँग अध्यक्ष ओलीले भने, ‘राजनीतिको समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे कुरा भयो। टिआरसी विधेयकलाई राम्रोसँग टुंग्याऔँ भन्ने कुरा भएको छ। उनले टिआरसीबारे एमालेको अडान कायम रहेको पनि बताए।

अध्यक्ष ओलीले टिआरसी विधेयकलाई सहमति भन्दा पनि बहुमत पुर्याएर राम्रोसँग टुंग्याउनुपर्ने बताए। उनले भने, ‘किन सहमतिमा गर्ने, बहुमत पुर्याएर राम्रोसँग टिआरसी विधेयकलाई टुंग्याउनु राम्रो हाे। संसद्को हिउँदे अधिवेशन माघ २२ गतेबाट सुरु हुँदैछ। यस अिधवेशनबाट विभिन्न कानुन पास गर्ने सरकारको तयारी छ।