क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७,देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे।