२९ औं जनयुद्ध दिवसमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता
काठमाडौं। अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले २९ औं जनयुद्ध दिवसमा ऐक्यबद्धता जनाएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै १० बर्षे महान जनयुद्धले तत्कालीन नेपाली समाजको राजनीतिक,आर्थिक,सामाजिक,साँस्कृतिक लगायत विभिन्न आमूल परिवर्तन गर्न जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा पुगेर साम्यवादसम्म पुग्ने बाटो तय गर्ने उद्श्येका साथ जनयुद्ध सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
आज फागुन १ गते क्रान्तिकारी माओवादी पार्टीहरु,जनवर्गीय संगठनहरु र आम मुक्तिकाी जनसमुदायले देशव्यापी रुपमा २९ औं जनयुद्ध दिवस धुमधामका साथ मनाउन गइरहेका छन्। यसमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता रहेको छ।
विक्रम सम्बत २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सञ्चालन गरेको दस वर्षे सशस्त्र जनयुद्ध तत्कालीन नेपाली समाजको राजनीतिक,आर्थिक,सामाजिक,साँस्कृतिक लगायत वर्गीय क्षेत्रीय,लिङ्गीय समेतका विभेदहरुको आमूल परिवर्तन जनताको नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा पुगेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्ने महान् उद्श्येका साथ सञ्चालन गरिएको समग्र वर्गयुध्द थियो।
फलस्वरूप त्यसबाट नेपाली जनता र नेपाल राष्ट्रलाई महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त भएका थिए भन्ने हाम्रो संगठनको ठहर छ। तर उक्त महान् दश वर्षे जनयुद्धको मुख्य नेतृत्वले गध्दारी गरी सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको नेपालको दलाल संसदीय व्यवस्थालाई टिकाई राख्ने र त्यसकै सरकारको नेतृत्व गर्न पुगेपछि उपलब्धिका रुपमा रहेका जनसत्ता,जनअदालत,जनकम्युन,जन सरकार,जनमुक्ति सेना,हतियार समेत गुमाउन पुगेको र प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको वर्तमान अवस्थामा तिनीहरूको पुनः प्राप्ति र थप उपलब्धिहरु हासिल गर्दै महान् नेपाली जनताको सुन्दर सपनाको रुपमा रहेको नयाँ जनवाद,वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढ्नका निम्ति देशभर छरिएर रहेका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु,दशभक्त तथा जनतान्त्रिक शक्तिहरु एकजुट हुन हामी हार्दिक अपिल गर्दछौं। यसो गर्न सके मात्रै २९ आौ नेपाली जनयुद्ध दिवस मनाउनुको सार्थकता हुनेछ भन्ने हाम्रो ठहर छ।