ललित निवास जग्गा प्रकरणमा आज फैसलाको तयारी

फाइल तस्वीर

काठमाडौं। ललिता निवास जग्गा प्रकरण मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने तयारी गरेको छ।

गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दामा हिजो बहस सकिएपछि आज फैसला सुनाउने तयारी गरिएको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सुनवाइ सकिएकाले सम्भवतः आज नै फैसाला आउने जानकारी दिए। पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन्।