‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर बलात्कार गरेको आरोपी पक्राउ

जनकपुरधाम। सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।

लहान नगरपालिका–२ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

बलात्कृत बालिकाको अवस्था गम्भीर छ। बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको हो। सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधबार दिउँसो अरुणले कोठामै बालिकालाई बलात्कार गरेको थियो। पीडित परिवारले राति १२ बजेमा घटनाबारे जानकारी गरायो। लगत्तै प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको छ।

बलात्कृत बालिकालाई अत्यधिक रक्तश्राव भएर बेहोस अवस्थामा उनका आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल रिफर गरिएको थियो।

बलात्कृत बालिका सुखिपुरकै हुन्। प्रहरीका अनुसार लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको बुझिएको छ।

प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको छ। उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।