आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल नामिबियासँग पराजित

काठमाडौं । नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा ओडीआईमा लगातार १५ जितको यात्रा समाप्त भएको छ।आईसीसी विश्वकप लिग २ मा नामिबियासँग ४ विकेटको हारले टियुमा लगातार १५ खेलको जित यात्रा समाप्त भएको हो।

२०२२ नोभेम्बर यता नेपाल टियुमा ओडीआई खेलमा पराजित भएको थिएन । नेपालले युएईसँग सिरिज २०२२ मा पछिल्ला २, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत २०२३ का अन्तिम ८, प्रिमियर कपमा २ र क्यानडासँग ३ गरि लगातार १५ खेलमा जितेको थियो।

२०२२ नोभेम्बरमा युएई तीन खेलको सिरिज खेल्न नेपाल आएको थियो । नेपाल पहिलो खेलमा पराजित भए पनि त्यसपछि लगातार दुई खेल जितेको थियो।

फेब्रुअरीमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नामिबिया र स्कटल्यान्ड दुबैलाई हराएको थियो।मार्चमा लिग २ मा नै युएई र पपुवा न्युगिनी दुबैलाई हराएको थियो।

एसीसी प्रिमियर कप २०२३ अप्रिलमा नेपालले समूह चरणमा ओमान र फाइनलमा यूएईलाई हराएको थियो।

यसैसाता क्यानडाविरुद्ध तीन खेलको सिरिजमा नेपालको क्लिनस्विप गर्दै घरेलु मैदानमा लगातार १५ खेलमा अपराजित बनेको थियो।

युएईसँगको २०२२ नोभेम्बर सिरिजमा मोन्टी नेपालको प्रशिक्षक थिएनन्। अन्य सबै जितमा मोन्टी नेपालको मुख्य प्रशिक्षक थिए।

गतवर्ष फागुनमा आईसीसी क्रिकेट विश्वकप लिग २ मा नामिबिया र स्कटल्यान्डसँगको सिरिजबाट सुरुवात गरेका थिए।

मोन्टीको ओडीआईमा घरेलु मैदानमा लगातार १३ अपराजित यात्रा समाप्त भएको हो। मोन्टीको प्रशिक्षणमा टी-२० आईमा भने नेपाल घरेलु मैदानमा नेपाल पराजित भई सकेको छ।

गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोटमा ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो।