बैंक डुब्ने संकेत देखिदैं,अब के गर्छन् प्रधानमन्त्री,अर्थमन्त्री र गर्भनर ?
रुषा थापा
केही महिनाअघि अमेरिकालगायत अन्य विकसित मुलुकमा बैंक टाट पल्टियो । त्यहाँ बैंक टाट पल्टिएको समाचार बाहिरिएपछि नेपालका जनताले अब कतै हाम्रोमा पनि बैंक टाट पल्टिदैंन ? भनेर कुरा गर्न थाले । तर, यसतर्फ सरकारले भने चासो दिएन।
विकसित मुलुकहरुमा बैंक टाट पल्टिएको कुरामा सरकारले केही मतलब गरेन । उल्टै गत साउन ३० गतेको क्याबिनेट बैठकले जग्गाको कित्ताकाट फुकुवा गप्यो । सेयरमा पनि १२ करोडको सीमा हटाइयो । गाडीको मूल्यको आधारमा ५० प्रतिशत मात्र कर्जा दिन पाउनेमा ८० प्रतिशत पुप्याइयो।
नेपाल राष्ट्र बैंक र सरकारले कहिल्यै पनि आम सर्वसाधारणको बैंक तथा वित्तिय संस्थामा राखेको पैसाको सुरक्षाबारे सोचेनन् । दुई वर्षदेखि सहकारीले बचतककर्ताको रकम फिर्ता गरेको छैन । करोडौं बचतकर्ताको खर्बो रकम सहकारीमा डुबेको छ । सहकारी विभाग र मन्त्रालय भने चासो दिदैंन ।
हिजो सहकारी खोल्न सरकारले नै स्वीकृति दियो । तर, आज सहकारीमा बचतकर्ताको रकम डुबेपछि सरकार केही गरिरहेको छैन । सरकारकै कारण आज सहकारीमा बचत गरेकाहरुको रुवाबासी भएको छ । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् ।
अहिले बैंकमा बचत गरेकाहरुको पनि निन्द्रा र भोक हराइसकेको छ । आफुले बचत गरेको रकम डुब्ने डर बचतकर्ताहरुमा बढ््दो छ । बैंकको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ भन्ने त सबैलाई थाहा छ । तर, राष्ट्र बैंक र अर्थ मन्त्रालय अझै लुकाउने कोसिस गरिरहेका छन् ।
बैंकको लगानी डुबिसकेको छ । बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ । तर, सरकार अझै पनि जनतालाई ढाँटिरहेको छ । सहकारी पनि यँही घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा डुबेको छ । अहिले भाग्ने सहकारी त भागिहाले । तर, नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् ।
उनीहरु ‘बचत फिर्ता गर्न सक्दैंनौं, बरु घरजग्गा, गाडी र सेयर लिनुस्’ भनेर भनिरहेका छन् । बैंकको पनि घरजग्गा, गाडी र सेयरमा सम्पूर्ण कर्जा लगानी छ । यसले गर्दा बैंकमा निक्षेप जम्मा गरेका बचतकर्ताहरुको रकम जोखिममा पर्दै गएको छ । पछिल्लो समय मालपोत कार्यालयमा घरजग्गा नामसारी ठप्पै छ ।
सेयरको मूल्य पनि प्रत्येक दिन बजारमा घट्दै गएको छ । बजार पूरै मन्दीमा छ । भाटभटेनी, सुपरमार्केट, बिग मार्केटमा ग्राहक देखिदैंन । बैंकबाट ठूलो ऋण लिएकामध्ये कोही ऋण मिनाहाका लागि आन्दोलन गरिरहेका छन् त कोही सरकारी÷सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको आरोपमा जेल जाँदै छन् ।
यसले गर्दा अब बैंक डुब्ने संकेत देखिएको छ । भाटभटेनी साहु मिनबहादुर गुरुङ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा दोषी ठहर भएका छन् । उनलाई अदालतले दुई वर्ष जेल सजायसहित ८० लाख जरिवानाको फैसला सुनाएको छ ।
गुरुङ जेल जानासाथ भाटभटेनी नचल्ने वा डुब्ने त पक्कापक्की नै छ । तर, भाटभटेनीसहित बैंक पनि डुब्ने छ । किनकि गुरुङले बैंकबाट खर्बो रकम कर्जा लिएका छन् । यता, दुर्गा प्रसाईले त वर्षोदेखि बैंकको साँबाब्याज नै तिरेका छैनन् । उनले पनि बैंकबाट अर्बो ऋण लिएका छन्, त्यो पनि करोड मूल्य पर्ने धितो राखेर ।
गुरुङ र प्रसाई त एक उदाहरण मात्रै हुन् । यीनीहरुजस्ता सयौं व्यापारी तथा व्यक्ति छन्, जसले बैंकबाट ऋण लिएका छन् तर तिरेका छैनन् । राष्ट्र बैंकका गर्भनर, अर्थमन्त्री र प्रधानमन्त्रीका कारण आज करोडौं बचतकर्ताको खर्बो रकम बैंकमा डुब्ने भएको छ ।
घरजग्गा व्यवसायी कित्ताकाट खोल्न वा यसमा लगानीको सीमा बढाउन दबाब दिने, सेयर दलालीहरु १२ करोडको सीमा हटाउन दबाब दिने अनि अटो व्यवसायीहरु सवारीसाधनलाई ८० प्रतिशत कर्जा दिन प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई दबाब दिने ।
दलालीहरुले पाँच हजार आना नपर्ने जग्गा मूल्य बढाएर ८० लाख पुप्याएका थिए । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर पनि दलालीहरुले नै बढाएर ३२ सय पुप्याएका हुन् । उता, भारतमा एक लाखमा पाइने गाडी दलालीहरुले यहाँ ल्याएर ३० लाखमा बेचे ।
तर, प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरले यस्तो कुरा कहिल्यै बुझेनन् । व्यापारीहरुले आफुहरुलाई दबाब दिएर सर्वसाधारणसँगै बैंक डुबाउँदै छन् भनेर सरकारमा बसेका कसैले बुझेनन् । अहिले सहकारीले त बचतकर्तालाई मर्नुपर्ने अवस्थामा पुप्यायो नै अब बैंकले पनि आफ्ना बचतकर्ताहरुलाई सोही अवस्थामा पुप्याउने छन् ।
सहकारीमा सर्वसाधारणको डुबेको रकम न त सरकरले फिर्ता गर्ने छ र न त गर्न सक्छ नै । यता, अब बैंकमा डुब्ने रकम पनि सरकारले फिर्ता गर्ने छैन । सरकारले बेलैमा बुद्धि नपुप्याउँदा आज सहकारीसँगै बैंक पनि डुब्ने भएको छ ।
करोडौं बचतकर्ताको फेरि पनि रुवाबासी सुरु हुनेछ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको थियो । त्यस्तै, बाँसबारीको जग्गा पनि व्यक्तिकै नाममा छ । अहिले ललिता निवासको जग्गा धितो राखेर तीन अर्बभन्दा बढी कर्जा दिने बैंकहरु डुबेका छन् ।
यता, बाँसबारीको सरकारी जग्गा धितो राखेर करोडौं कर्जा दिने बैंक पनि डुब्ने भएका छन् । अहिले बैंक डुबिसकेको आम सर्वसाधारणले थाहा पाइसकेका छन् । त्यसकारण अब सर्वसाधारणले आफुसँग भएको पैसा बैंक तथा वित्तिय संस्थामा राख्नुहुन्न ।
अब पैसा राख्नुअघि सोचविचार गर्न आवश्यक छ । पहिला जस्तो बैंक तथा वित्तिय संस्थामा रकम बचत गर्ने अवस्था छैन । सहकारी डुब्दा त सहकारी विभाग र मन्त्रालय पन्छिएको थियो । अब बैंक डुब्दा चाँहि गर्भनर, अर्थमन्त्री र प्रधानमन्त्री के गर्छन् ?
केही महिनाअघि राजधानीको माइतीघर मण्डलामा आफ्नो बचत फिर्ताको माग गर्दै सहकारी पीडित बचतकर्ताहरुले ६२ दिनसम्म आन्दोलन गरे । आन्दोलनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए । पीडित बचतकर्ताहरुले आफ्नो रकम दिनुपर्ने सरकारले माग गर्दा गृहमन्त्री श्रेष्ठले सरकारले सो रकमको जिम्मा नलिने स्पष्ट पारे ।
उनले सहकारीका सञ्चालकहरुलाई कारबाही गर्न सक्ने तर सरकारले बचतकर्ताको रकम फिर्ता गर्न सक्ने प्रष्ट पारेका थिए । यसरी सहकारी डुब्दा त सरकार पन्छियो । तर, अब बैंक डुब्दा त्यहाँ बचत गरेका बचतकर्ताको रकमको जिम्मा कसले लिन्छ ? प्रधानमन्त्रीले लिन्छन् कि गर्भनरले लिन्छन् कि अर्थमन्त्रीले ?
नेपालका अर्थविद्, विज्ञहरुले कहिल्यै पनि सत्य बोलेनन् । राजनीतिक पार्टीको कार्यकर्ता भएर पार्टीको निर्देशनमा मात्र उनीहरुले बोले । त्यो पनि सबै झुठ । उनीहरुले पहिल्यै घरजग्गा, गाडी र सेयरमा लगानी गर्नुहुन्न भनेको भए आज यो अवस्था आउँदैन्थ्यो।
अर्थविद्, विज्ञहरुले पनि घरजग्गा, गाडी र सेयर दलालहरुको झोला बोके। अहिले घरजग्गा, गाडी र सेयरमा लगानी गरेकै कारण सहकारी त डुब्यो । सहकारीमा बचत गरेका करोडौं बचतकर्ताको खर्बो रकम डुब्यो। अब बैंकमा योभन्दा धेरै बचतकर्ता र रकम डुब्नेछन्।
यस्तो हुँदा समेत राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मूर्तिजस्तो भएर बसिरहेका छन्। दाउरा सुरुवाल र ढाका टोपी लगाएर मूर्तिजसरी बसेका छन्, उनी । एनआईसी एसिया बैंकका बचतकर्ताहरु अहिले तनावमा छन्। आफुहरुले बैंकमा बचत गरेको रकम डुब्ने पीर उनीहरुमा बढ्दै गएको छ।
दुई वर्षअघि एउटा मात्र सहकारी डुबेको थियो। यद्यपि, अहिले मुलुकभरका सहकारी डुबेका छन् । सबैमा कुनै न कुनै समस्या देखिएको छ। अब बैंक डुब्ने पनि निश्चित भइसकेको छ। बैंकमा बचतकर्ताको पनि डुब्ने अवस्था आएको छ। बुढोपाकाले भन्थे, ‘सूर्यलाई हातले छेकेर छेकिन्न।
बैंक तथा वित्तिय संस्थाको ठगीधन्दा पर्दाफास भएसँगै यीनीहरु डुब्दै गएका हुन्। अहिले बैंक तथा वित्तिय संस्थामाथि सर्वसाधारण विश्वास गर्दैनन्।