बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, दुई जना घाइते

सांकेतिक तस्वीर

काठमाडौं। प्रहरी प्रभाग, बलम्बुमा गोली लागेर दुई जना घाइते भएका छन्। इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका थिए। त्यसक्रममा गोली चलेको हो।

गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन्। दुबैको एपीएफ अस्पताल,बलम्बुमा उपचार भइरहेको छ।

घटनाबारे तत्काल छानबिन गर्न एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।