दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

काठमाडौं।सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषदको आजको बैठकले सञ्चार सचिवको नेतृत्वमा गठन गरेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा प्राधिकरणको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

सञ्चारमन्त्री रेखा शर्माले भण्डारीलाई मन्त्रिपरिषदले नियुक्त गरेको जानकारी दिईन्। नव नियुक्त भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका विज्ञ सल्लाहकारका रुपमा कार्यरत थिए।

चार्टर्ड एकाउन्टेन्ट भण्डारीले यसअघि कम्बोडिया स्थित स्मार्ट टेलिकममा सीईओको रुपमा काम गरेका थिए।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गरेको थियो।

भण्डारीले आगामी ५ वर्ष कार्यकारी अध्यक्षको रुपमा प्राधिकरणलाई नेतृत्व दिनेछन्।