नेपाल ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै
काठमाडौं । नेपाल ए ले क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ। खेल बिहान साढे ९:३० बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो।
नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ। स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा बेन्चमा थिए। हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए। स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्छन्।
पूर्ण रुपमा फिट नहुँदा आशुतोष घिरैया पहिलो खेला टोलीमा थिएनन्। उनी फिट हुँदा मौका पाउने सम्भावना रहन्छ।कप्तान विनोद भण्डारी, सन्दीप जोरा र विवेक यादव प्रमुख खेलाडी हुन्। अर्जुन कुमाल र प्रतिश जि।सीबाट अझ आशा राख्नेछ।
मुलपानी पिच स्पिनर सहयोगी हुँदा साहब आलम र सागर ढकालको जोडी पुनस् हाबी बन्न सक्छन्। पहिलो खेलमा अर्धशतक प्रहार गरेका बसिर अहमद राम्रो लयमा छन् ।
उता क्यानडा ४५.४ को अवस्थाबाट उक्त खेल ४९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। अर्धशतक प्रहार गरेका नवनित धालिवाल र निखिल दत्तको मनोबल उच्च हुनेछ । ओपनर आरोन जोनसन प्रमुख हिटर हुन्। साद विन जाफर प्रमुख स्पिन अलराउन्डर हुन्।
तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ। त्यसपछि क्यानडा युएई जानेछ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो। नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो।