कालोमोसो दलेको आरोपमा एक जना पक्राउ
काठमाडौं। दुग्ध विकास संस्थानका महाप्रबन्धकलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दिपेन्द्र शाही ‘विकल्प’ छन्। आरोपी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका कर्णाली इन्चार्ज हुन्।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका सदस्यहरुले फागुन ४ मा डीडीसीका महाप्रबन्धक सञ्जीव झा लाई कार्यकक्षमै कालोमोसो लगाएका थिए।
आरोपीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
दुग्ध विकाश संस्थानका महाप्रबन्धक अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनको आरोप छ।