कांग्रेसले चुनावमा गठबन्धन गर्नुहुँदै: नेता शशांक कोइराला
काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले कांग्रेस बलियो रहेकाले चुनावमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन्।
महासमिति बैठकको समापनमा बोल्दै उनले भने,गठबन्धन गर्न आवश्यक छैन। गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस्। ३६४ दिन कांग्रेस हुने र ३६५ औं दिनमा अर्को दललाई मत नदिने कार्यकर्ता पार्टीलाई आवश्यक नरहेको उनले बताए।
नेता कोइरालाले धर्म निरपेक्ष राष्ट बनाउनु गलग भएको विचार राखे।धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ। दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौं। यो गलत हो,उनले भने।