नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न तहमा ९८ कर्मचारी

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको हो। त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो।

प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्।

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।