सेन्टर जेलका सुब्बा गोविन्द खतिवडाले कैदीसँगै यसरी गर्छन् असुली,समाचार प्रकाशित नगर्न धम्की

काठमाडौं। विभिन्न अपराधमा कैद भोग गर्दै गरेका अभियुक्तसँग सेन्टर जेलका नायब सुब्बा गोविन्द खतिवडाले हालिमुहाली गरेका छन् कि भोग्नेलाई भन्दा सुन्नेलाई लाज हुने अवस्था उत्पन्न भएकाे छ।  

सेन्टर जेल अर्थात् केन्द्रीय कारागार जगन्नाथ देवल,भद्रगोल,महिला सुधार गृह गरी छुट्टाछुट्टै तीन वटा नामबाट चिनिन्छ। जहाँ ३ हजार बढी कैदी रहेका हुन्छन्। केन्द्रीय कारागारभित्रै गोलाघर अर्थात् जेल प्रशासनलाई भाग्न वा कारागारभित्रै अन्य कैदीमाथि आक्रमण गर्न सक्ने खतरा महशुस हुने कैदीलाई राख्ने गरिन्छ।

हो,यतीका कैदीको रेखदेख,उपचार,खानपिन,उनीहरुको आफन्तजन वा साथीभाईसँग दैनिक भेटघाट लगायतका सबैजसो प्रशासनिक क्रियाकलाप जेल प्रशासनले मिलाउने गर्छ।

त्यस कार्यको नेतृत्व जेलरलाई भएता पनि नायव सुब्बा गोविन्द खतिवडाले उनै कैदीले प्राप्त गर्ने विभिन्नखाले सेवा सुविधा खोसेर आफुले लुँड्याउने र आवश्यकता अनुसार अरूलाइ पनि भागवण्डा गर्न खप्पिस रहेका छन्।

कुनै कैदीले आफूले सुविधा नपाएको गुनासो गर्यो भने उसको जेल सरुवा गरिदिने देखि अन्य सुविधाबाट समेत बञ्चित गरिदिने धम्कीदेखि दिने गरेको बताइन्छ।

कारागार स्रोतका अनुसार कैदीले प्राप्त गर्ने दैनिक राशन सबैले लिँदैनन्,आफ्नै राशन खानेहरुको राशन खतिवडाकै भागमा पुग्छ,त्यसरी राशन नखानेहरु अहिले केन्द्रीय कारागारका तिनवटै सुधार गृहमा गरी झण्डै दुई सयको संख्यामा रहेकाे बताइन्छ।

त्यस्तै,कैदीले गर्ने फोन कलको पनि प्रति मिनेट तीन रुपैया उनैले झ्वाम पार्ने गर्छन् भने उनको हातमा केही बढी रकम थमाइदियो भने त्यसरी फोन गर्ने व्यक्तिले लाइन बस्नु पनि पर्दैन,जतीबेर पनि कुरा गर्न पाउँछ। तर, सामान्य व्यक्तिको घन्टौंसम्म पनि पालो त आउँदैन,आउँदैन भने बढीमा ३ मिनेट भन्दा लामो कुरा गर्न समेत पाउँदैन। सिजन अनुसारका ओड्ने ओछ्याउनेमा समेत गिद्देनजर लगाउन पछिपर्दैननु नासु गोविन्द।

विरामी भएर उपचारको बहानामा यौन सन्तुष्टि मेटाउन गेष्टहाउसतिर लैजाने वातावरण मिलाइदिने काम पनि गोविन्दकै नेतृत्वमा हुन्छ। नासु गोविन्दको संकेत पाएनन् भने कैदीको सुरक्षामा गएका प्रहरीले अस्पतालबाट दायाँबायाँ नै गर्न दिन्नन्। तर,गोविन्दको स्वीकृती लिएर अस्पताल लगेजस्तो पार्ने र उपचार रिपोर्टमा छाप हानेर गेष्टहाउस पुराइन्छ।

प्रशासनको भेदभाव नितीको विरोध गर्ने थुनुवालाई भेट्न आउने आगन्तुकमाथि समेत नासु गोविन्दको दृष्टि उस्तै देखिन्छ। त्यस्ता कैदीलाई भेट्न आएका आगन्तुकलाई रुखोशैलीमा यती छिटो छिटो आउने भन्दै हप्काउने र भेट्नै नदिएर फर्काउने गरेकाे गुनासो समेत गरेकाे पाइन्छ। र,पनि ६ वर्षदेखि हैकम जमाएर बसेका यी नासु गोविन्द खतिवडालाई खवरदारी गर्ने प्रशासन संयन्त्र किन मौन छ ?

किन नदेखेको नदेख्झै गर्छ ? सेन्टरजेल आउनु अघि जिल्ला प्रशासन कार्यालय,काठमाडौंमा रहेका नासु गोविन्दमाथि तिब्बतीयनलाई नक्कली कागजातका आधारमा किर्ते नागरिकता प्रदान गर्ने क्रियाकलापमा सामेल भएको आरोप पनि छ,तर उनीमाथि अनुसन्धान अघि बढेको पाइन्न।

त्यसको कारण कतै अहिलेजस्तै भागवण्डाले रोकेको त होइन भन्ने प्रश्न उठेको छ। याे समाचारको बारेमा बुझ्न खाेज्दा जेलका नायब सुब्बा गोविन्द खतिवडाको मोबाइल नम्बर ९८४१६४०८७८ मा सम्पर्क गर्दा ज्यान लिने सम्मका धम्की दिएका छन्।

उनै गोविन्द खतिवडाले पत्रकार रामशरण काफ्लेलाई समाचार प्रकाशित गरे ज्यानमा समेत तलमाथि हुन सक्ने धम्की दिएका छन्।

 समाचारको विषयलाई लिएर कोही कसैलाई चित्त नबुझेको खण्डमा सम्मानित प्रेस काउन्सिलमा जानु पर्नेमा उल्टै पत्रकारलाई धम्की दिनु कति न्यायोचित होला त्यो भने सोचनिय विषय बन्न पुगेकाे छ।