सहिद सप्ताहमा अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं ।अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान दशवर्षे जनयुद्धका महान सहिदहरुको सम्झनामा देशव्यापी रुपमा सप्ताहव्यापी सहिद दिवस मनाउन गइरहेकाे विज्ञप्ति मार्फत जनाएकाे छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीद्वारा जारी एक विज्ञप्तिमा जनयुद्ध तथा विभिन्न आन्दोलनहरुमा सहादत प्राप्त गर्ने महान सहिदहरुको स्मरण गर्दै सम्मान व्यक्त गरिएको छ।

यस्तो छ अध्यक्ष केसीले जारी गरेको विज्ञप्ति -आज २०८० साल फागुन १४ गते । सहिद दिवस । आज नेपालका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले महान दस वर्षे जनयुद्धका महान सहिदहरुको सम्झनामा देशव्यापी रुपमा सप्ताहव्यापी सहिद दिवस मनाउन गइरहेका छन्। यस ऐतिहासिक अवसरमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल लगायत दशौं हजार महान सहिदहरु, सुखानी हत्याकाण्डका अमर सहिदहरु लगायत अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान तथा अमर सहिदहरु कमरेड चे ग्वेभारा, कमरेड गोन्जालो, महान पेरिस कम्युन तथा महान रुसी अक्टोबर समाजवादी क्रान्ति एवम् महान चिनिया नयाँ जनवादी क्रान्ति, कोरियन क्रान्ति भियतनामी क्रान्ति, कम्वोडियाली क्रान्ति, क्वुवाली क्रान्ति, पेरु तथा भारतमा सञ्चालन गरिएका सशस्त्र जनयुद्धमा साहदत प्राप्त गर्नुभएका अमर सहिदहरु तथा साम्राज्यवाद विरोधी कोरियान युद्ध, भियतनामी युद्ध तथा संसारभर साम्राज्यवाद तथा सामन्तवाद विरोधी आन्दोलन समेतका लाखौं महान सहिदहरुको सम्झना गर्दै उच्च सम्मानका सात हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र विश्व सर्वहारा क्रान्ति अवश्यम्भावी छ भन्नेमा विश्वस गर्दछ । त्यसैले आजको यस ऐतिहासिक दिनमा संसारभरका जनसमुदायका अमूल्य सम्पतिका रुपमा रहेका लाखौं महान तथा अमर सहिदहरुको रगत खेर जाने छैन भन्ने आशा व्यक्त गर्दै विश्वभरका सर्वहारा श्रमजीवी वर्ग उत्पीडित राष्ट्रहरुले ती महान सहिदहरुले देखाएको बाटोमा अगाडि बढेर मात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली ठहरने छ भन्ने हाम्रो प्रतिबधाता जाहेर गर्न चाहन्छौं । र, हामीले माक्र्सवाद, लेनिनवाद र माओवादको पथप्रदर्शन र आलोकमा हाम्रो प्यारो संगठनको निर्देशन र योजनामा महान विश्व सर्वहारा क्रान्तिका पक्षमा लेख्न, बोल्न र प्रचारप्रसार गर्न कुनै कसर बाँकी राख्ने छैनौं भन्ने प्रतिबद्धता समेत जानकारी गराउन चाहन्छौं ।