ट्रिपरले सुमोलाई ठक्कर दिँदा २ जनाको मृत्यु, तीन घाइते

मोरङ । बेलबारीमा सुमो गाडीलाई ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान ट्रिपरले सुमोलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो।

ट्रिपरको ठक्करपछि सुमो प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठोक्किएको थियो। सुमोमा सवार ५ जनामध्ये दुई जनाको मृत्यु भएको र तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृत्यु हनेको सनाखत हुन बाँकी रहेका प्रहरीले जनाएको छ।