नयाँ गठबन्धनबारे शेखरको टिप्पणी: गठबन्धन बन्नु,तोडिनु सामान्य हो तर यो घटना सामान्य होइन
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नयाँ सत्ता समीकरण सामान्य घटना नभएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले सोमबारमात्रै कांग्रेससँगको गठबन्धन तोडेर एमाले,रास्वपालगायत दलसँग गठबन्धन गरेपछि नेता कोइरालाले यसलाई असामान्य घटनाको रुपमा टिप्पणी गरेका हुन्।
‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन,मंगलबार बिहान उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्।
उनले प्रधानमन्त्री प्रचण्ड अस्थिर, माओवादी कमजोर र सत्ताको लागि जे पनि गर्न तयार पार्टी भएकोले कांग्रेसलाई महँगो परेको बताएका छन्।
उनले सत्ता गठबन्धन बन्नु र तोडिनुमा कांग्रेस पनि जिम्मेवार रहेको बताउँदै भविष्यका लागि सजग हुनुपर्ने बताएका छन्।‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए किरु भविष्यको लागि सजग बनौं,उनले भनेका छन्।
सत्ता गठबन्धन भत्किनुको आधिकारिक धारणा भने कांग्रेसले आजको कार्यसम्पादन समितिको बैठकपछि मात्रै सार्वजनिक गर्ने बताएको छ ।