मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं। सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन्। आज बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकबाट मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकिएको हो। उनी यसअघि पनि सरकराको प्रवक्ताको जिम्मेवारीमा थिइन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सीएसडब्ल्यूको ६८औँ सत्रमा भाग लिन महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरिएको जानकारी गराइन्।

यस्तै अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय पनि भएको छ। सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उनले बताइन्।