काँग्रेस जिल्ला उपसभापति दोर्जे उदण्ड बन्दै ,हाइड्रोपावरका प्रमुखलाई दिए ज्यान मार्ने सम्मको धम्की
काठमाडाैं। शक्ति ,सत्ता ,पावरले मानिसलाई कतिसम्म अन्धो बनाउँछ भन्ने उदाहरण नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति समेत रहेका दोर्जे लामा उर्फ हाउडे दोर्जेले आफ्ना कार्याकर्तालाई ज्यान मार्ने धम्की दिएसँगै प्रष्ट हुन्छ।
विगत केहि वर्ष देखि नै गृह जिल्ला सिन्धुपाल्चोकलाई आधार ईलाका बनाई लामाले विभिन्न उद्योगी-व्यावसायीहरुलाई डर,धाक धम्की समेत दिई व्यापक रकम असुली धन्दा चलाउँदै आएको बारे विभिन्न समाचार माध्यमहरुमा बेलाबेलामा समाचार नआएका भने होइनन्।
नेपाली काङ्ग्रेस गठबन्धन सरकारमा रहँदा उपसभापति लामाले जिल्लामा च्याउसरी खुलेका क्रसर ,ढुङ्गा खानी लगाएतबाट राम्रै आर्थिक नजरना उठाएको स्वयं उनका जिल्ला बासीहरुले बताउँदै आइरहेका छन।
यस्तै जिल्लामै उदण्ड बन्दै आइरहेका लामाले गत मंगलवार दिउँसो विवाह पार्टीमा सामेल भएर घर फर्किने क्रममा सिन्धुपाल्चोक जिल्ला भोटेकोसीमा सञ्चालित इलोक्ट्रो पावर कम्पनी प्रा.लि हाइड्रोपावरको आयोजना प्रमुख उमेश पराजुलीलाई ज्यान मार्ने धम्की दिएका हुन्।
जिल्लाका काङ्ग्रेस उपसभापति लामाले पराजुलीलाई ठेक्काको बारेमा कुरा गर्दै अपशब्द, गाली गलौज र ज्यान मार्ने धम्की दिएपछि पराजुलीले बिज्ञप्ति निकाल्दै विभिन्न निकायमा उजुरी गरेको बताएका छन्।
आफ्नो जिउ-धन रक्षाकोलागी अपिल गर्दै पराजुलीले एक विज्ञप्ति जारी गरेर भनेका छन्।
मेरो श्रीमती नेपाली काङ्ग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधि समेत रहेको अबस्थामा अहिले राजिनामा दिएर बसेकी छिन् भने मलाई उपसभापति लामाले ज्यान मार्ने धम्कि दिएका छन्।
पराजुलीले भनेका छन् मैले उहाँको बिरुद्ध केही गरेको जस्तो लाग्दैन म सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४ मा संचालित इलोक्ट्रो पावर कम्पनी प्रा.लि हाइड्रोपावरको आयोजना प्रमुख हुँ।
लामाले आफ्नो मान्छेलाई ठेक्का नदिएको भन्दै ज्यान मार्ने धम्की दिएका छन् यस विषयमा सम्बन्धित निकाय गम्भीर हुन म आग्रह गर्दछु। साथै आफूसंग लामाले धम्की दिएको भ्वाइस रेकर्ड सुरक्षित रहेको र नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका भातृसंगठन,शुभेच्छुक संघसस्थाले विभिन्न विज्ञप्ति निकालि लामाको उदण्डतालाई ढाकछोप गर्नेकाम गरेको समेत बताएका छन्।
यसरी देशकै अर्थतन्त्रको मेरुदण्डको रुपमा सञ्चालन हुँदै आएको हाइड्रोपावरको आयोजना प्रमुखलाई दिनदहाडै ज्यानलिने सम्मको धम्की दिएपछि पराजुलीले विज्ञप्ति जारी गरेको विषयमा आयोजना प्रमुख पराजुलीलाई सम्पर्क गर्दा पराजुली भन्छन् म मेरा वृद्ध आमा ,कलिला बालबच्चा र मेरो श्रीमती सहित एक बिवाहा भोजमा सरीक भएर फर्कँदै थियौं भने मैले गाडी चलाई रहेको अबस्थामा दोर्जे लामाको फोनले आतंकनै मच्चाएको थियो यसरी धेरै पटक फोन आएपछि मैले फोन लाउडस्पीकर मानै उठाँए किनकि मैले गाडी चलाईरहेको अबस्था थियो।जब मैले फोन उठाँए उनले बिजुली चम्किएको जस्तो गरि गाडाङ-गुडुङ गर्दै धम्की दिईरहनु भयो।
लामाले बाहिरको ठेकेदार लिएर आउनु भएको रहेछ उहाँको मान्छेलाई काम दिन पर्यो भने मैले स्थानीय र प्रभावित जनताको लागि पहिला प्राथमिकता हुन्छ त्यसपछि तपाईंको मान्छेले काम गर्न सक्ने रहेछन् भने सल्लाह गरेर अगाडि बढौ भन्दै जवाफ दिएको थिँए।
तर मेरो आग्रहलाई बेवास्ता गर्दै मेरा वृद्ध आमा ,श्रीमती र साना लालाबालाले सुन्नेगरी ज्यान मार्ने धम्की दिनुभयो भने गाडीमा एकछिन सन्त्राा फैलियो।
पछिल्लो समय उपसभापति दोर्जेले सिन्धुपाल्चोकमा सञ्चालन हुँदै आइरहेका आयोजनाहरुमा गुन्डागर्दी शैलीम काम माग्ने र नदिए तर्साउने धम्क्याउने काम बढ्दै गएको कतिपय हाइड्रोपावर संचालकहरुले गुनासो गर्दै आएका छन्।
यस बारेमा काँग्रेस उपसभापति लामालाइ बुझ्दा लामाले आफूले धम्की नदिएको दाबी गरे। उले भने, म सिन्धुपाल्चोकको नेपाली काँग्रेसको जिल्ला उपसभापति हो। मैले आयोजनासँग स्थानीयलाई काम देउ भनेको हो।
पालिका अध्यक्षले स्थानीयलाई काम दिन समन्वय गरेनन् उहाँहरुसँग जानेले काम पाउनु भयो होला। म नेता भएको हिसाबले मलाई पनि कार्याकर्ताले गुनासो गरेका छन्।
गुनासो सम्बोधन गर्नलाई आयोजनासँग भनाभन हुँदा हप्किदप्की गरेको हो। यसलाई अन्याथा नलिइदिनुस्। मैले काँग्रेसका कार्याकर्ताले काम गर्न पाउनु पर्छ भन्दै आएको छु यसलाई आयोजना प्रमुखले बुझ्न पर्ने छ।
यति मात्रै नभई उपसभापति लामाले हाइड्रोपावर एमालेको कार्यकर्ताभएको आरोप लगाउँदै अबदेखि हाइड्रोपावर सञ्चालन गर्न सहयोग नगर्ने बरु हाइड्रो ठप्प पार्ने धम्की समेत दिएका छन्।
उनले विगत सम्झँदै आफुले जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकको नागरिक्ता फाँटमा केही कर्मचारी लगाएको र हालपनी उक्त फाँटमा रामचन्द्र पौडेल थरको कर्मचारी समेत रहेको बताए ।
उपसभापति लामाले हाइड्रोपावर प्रमुखले काङ्ग्रेसलाई बाइपास गरे राम्रो नहुने घुमाउरो धम्कीको दिन समेत पछि परेन्न। उपसभापति लामाकाे यही घुमाउराे धम्कीबाट थाहा हुन्छ की हाइड्रोपावर सञ्चालन देखि अन्य व्यवसाय गर्नेलाइ समेत कति धम्की दिएका रहेछन् त?