बचतकर्ताको करोडौं रकम ठगी गरेर फरार रहेका महर्जन पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको नरदेवीमा सञ्चालित दिव्यशान्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन्।महर्जन हजारौं बचतकर्ताहरुको करोडौं रकम कुम्लयाएर स-परिवार दुबई फरार भएका थिए।

गत केही समय अगाडि नेपाल आएर बचत कर्तालाई रकम फिर्ता नगर्ने ऋणीहरुलाई जबर्जस्ति गुण्डा गर्दी गर्दै रकम उठाउँदै आइरहेको सुँईको नेपाल प्रहरीले पाए लगत्तै चितवन प्रहरीले पक्राउ गरी जिल्लाप्रहरी परिसर काठमाडौं पठाएकोमा हाल जनसेवा बृतमा राखिएको बुझिएको छ भने करिब सयाैं बचत कर्ताले उजुरी समेत दिएको बताइन्छ।

यस समाचाको विषयमा बुझ्न जनसेवा बृतका प्रमुख डिएसपी भेषराज रिजाललाई सम्पर्क गर्दा फोन उठेन।यो समाचार तयार पार्दा सम्म जनसेवा बृतमा बचतकर्ताहरुको ठुलै भिड लागेको बताइएकाे छ।